जिल्लास्तर सरकारी निकायहरुलाई वित्तीय साधन उपलव्ध गराउने,
दैनिक रुपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानी वीचको फरक रकमलाई हिसाव मिलान गरी सरकारी रकमको कारोवार गर्ने बैंकहरुलाई सोधभर्ना दिनको लागी तालुक निकायमा दैनिक विवरण उपलव्ध गराउने,
सरकारी रकम कलम खर्च गर्दा वा राजस्व असुल उपर गर्ने विषयमा कानुनी सल्लाह एवं परामर्श दिने,
आन्तरिक लेखापरीक्षण एवं छडके जाँच र निरीक्षण गरी वित्तीय अनुशासन र जवाफदेहितामा अभिबृद्धि गर्ने,
जिल्लास्तरीय आम्दानी खर्चका एकीकृत मासिक तथा वार्षिक प्रतिवेदनहरू तयार गरी पेस गर्ने र
नेपाल सरकारका केन्द्रीय निकायहरुबाट जिम्मेवारी तोकिएका कार्य सम्पादन गर्ने ।