Government Of Nepal
Ministry of Finance
Office of the Comptroller General
Office of the Comptroller of the Treasury and Accounts
Jajarkot
कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटको नवनिर्मित कार्यालय भवन श्रीमान् महालेखा नियन्त्रक विनोदप्रकाश सिंह ज्यूबाट मिति २०८१ पुस १२ गते एक कार्यक्रमकाबीच समुद्घाटन भएको छ । कोष नियन्त्रक नवराज वलीको अध्यक्षता, श्रीमान् महालेखा नियन्त्रकज्यूको प्रमुख आतिथ्यता, महालेखा नियन्त्रक कार्यालय काठमाडौंका सह- महालेखा नियन्त्रक श्री श्याम प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी श्री मेखबहादुर मंग्राती, उपमहालेखा नियन्त्रक श्री ज्ञानेन्द्र राज ओझा सहितको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै महालेखा नियन्त्रकज्यूले वित्तीय सुशासन कायम गर्न, आन्तरिक नियन्त्रण प्रणालीमा प्रभावकारिता बनाउन तथा उच्च मनोबलकासाथ कार्यसम्पादनमा अब्बल बन्न सबैलाई आग्रह गर्नुभयो ।उहाँले भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता दम्पत्ति श्री दुर्गा बहादुर भडेल र श्रीमती बागेश्वरी भडेललाई धन्यवाद ज्ञापन गर्दै दोसल्ला ओढाई सम्मान- पत्र प्रदान गर्नु भयो ।